काठमाडौंमा “गीत–संगीत र साहित्यको संगम, अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन” भन्ने मूल नारासहित सम्पन्न प्रथम मुर्चुङ्गा म्युजिक अवार्ड मेरो लागि अत्यन्तै विशेष र सम्झनलायक रह्यो। 🙏 यस भव्य कार्यक्रममा Best Cinematographer (लोकगीत छायाकार) अवार्ड प्राप्त गर्न पाउँदा म अत्यन्तै खुशी र गौरवान्वित भएको छु। “रुकुमको बजार” गीतमार्फत प्राप्त यो सम्मान मेरो एक्लो प्रयास होइन, सम्पूर्ण टिमको मेहनत, समर्पण र विश्वासको परिणाम हो। 🎬 विशेष धन्यवाद “रुकुमको बजार” को सम्पूर्ण कोर टिमलाई — तपाईंहरूको साथ, सहयोग र विश्वास बिना यो सम्भव हुने थिएन। ❤️ यसैगरी, आयोजक टिम, ज्यूरी सदस्यहरू तथा कार्यक्रममा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ दिनु हुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। 🙏 यो अवार्डले मलाई अझ राम्रो काम गर्न प्रेरणा दिएको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट सिर्जनाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु।— सन्जय चन्द